काभ्रे (धुलिखेल) – काभ्रेमा आज थप ९७ जनालाई कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । कार्यालयका अनुसार आज एकैदिन १ सय ३२ जना उपचारपछि संक्रमणमुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा गरिएको पिसिआर परीक्षणमा बनेपा नगरपालिकाबाट १० जना महिला र १७ जना पुरुष, धुलिखेल नगरपालिकाबाट ४ जना महिला र ३ जना पुरुष, पनौती नगरपालिकाबाट १३ जना महिला र १० जना पुरुष, मण्डनदेउपुर नगरपालिकाबाट १ जना महिला, भुम्लु गाउँपालिकाबाट १ जना महिला र १ जना पुरुष, चौंरीदेउराली गाउँपालिकाबाट २ जना महिला र २ जना पुरुष, बेथानचोक गाउँपालिकाबाट २ जना महिला र तेमाल गाउँपालिकाबाट २ जना महिला गरी ७१ जनाकोे रिपोर्ट पोजेटिभ आएकोे कार्यालयका प्रमुख डा.नरेन्द्र कुमार झाले जानकारी दिए ।

उनका अनुसार पछिल्लो २४ घण्टामा गरिएको ऐन्टिजेन परीक्षणमा खानीखोला गाउँपालिकाबाट २ जना पुरुष, नमोबुद्ध नगरपालिकाबाट १ जना महिला र महाभारत गाउँपालिकाबाट ६ जना महिला र १६ जना पुरुष गरी २६ जनाको पोजेटिभ रोपोर्ट आएको छ । योसँगै जिल्लामा कुल कोरोना संक्रमित संख्या १० हजार १ सय ५३ पुगेको छ । जसमध्ये जना ८ हजार २ जना संक्रमणमुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा काभ्रेमा कोरोना संक्रमणका कारण १ जनाको मृत्यु भएको छ । होम आइसोलेसनमा रहेकी ९१ वर्षीया महिलाको आज मृत्यु भएको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार योसँगै कोरोना संक्रमणका कारण काभ्रेका १ सय ५० जनाको मृत्यु भएको छ ।

३ हजार ४२ जनाले आज कोरोना विरुद्धको खोप लगाए
काभ्रेमा आज ६२ देखि ६४ वर्षका उमेर समूहका ३ हजार ४२ जनाले कोरोना विरुद्धको पहिलो मात्राको खोप लगाएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । कार्यालयका अनुसार १४ सय ८७ जना महिला र १५ सय ५५ जना पुरुष गरी ३ हजार ४२ जनाले आज कोरोना विरुद्धको खोप लगाएका छन् ।


तपाईको प्रतिक्रिया