काभ्रे (धुलिखेल) – नेपालभर विश्विद्यालय अनुदान आयोगमा आबद्ध १ हजार ३ सय ५६ वटा क्याम्पसमध्ये काभ्रेका १६ वटा क्याम्पसले ‘यूजीसी’को अनुदान पाउने भएका छन् । विश्वविद्यालय अनुदान आयोग (यूजीसी)ले जिल्लामा रहेका १८ वटा क्याम्पसमध्ये १६ वटालाइ अनुदान आयोगले निर्णय गरेको हो।

जेठ २१ गते सार्वजनिक गरिएको सूचीमा बेथाञ्चोक गाउँपालिकामा रहेको पार्वती बहुमुखी क्याम्पसाले ८ लाख ५६ हजार ८ सय नियमित अनुदान पाएको छ। विद्यार्थी र शिक्षक संख्याका आधार सबैभन्दा बढी काभ्रे बहुमुखी क्याम्पसले अनुदान पाएको छ। उक्त क्याम्पसले १६ लाख ५० हजार रुपैयाँ अनुदान पाएको बुझिएको छ।

अनुदान पाउने अन्य क्याम्सहरुमा बनेपाको चैतन्य क्याम्पस र काभ्रे बहुमुखी क्याम्पस, धुलिखेलको धुलिखेल क्याम्पस र सञ्जिवनी कलेज, पनौतीको इन्द्रेश्वर क्याम्पस, तेजगंगा बहुमुखी क्याम्पस र कुशादेवी क्याम्पस, पाँचखालको सर्वमंगला बहुमुखी क्याम्पस, मेथिनकोटको जनक बहुमुखी क्याम्पस, दाप्चा छत्रेबाजको दाप्चा कृष्ण बहुमुखी क्याम्पस, महादेवीस्थान देवीथुम्का पब्लिक क्याम्पस, मंगलटारको मंगल जनविजय क्याम्पस र भुम्लुको श्रीप्रकाश क्याम्पस रहेका छन्।

 


तपाईको प्रतिक्रिया