काभ्रे (धुलिखेल) – काभ्रेमा आज ६२ वर्षदेखि ६४ वर्ष उमेर समूहले कोरोना विरुद्धको खोप लगाएका छन् । जिल्लाका २१ सय ६७ जनाले उक्त उमेर समूहले खोप लगाएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।

जिल्लाको पाँचखाल नगरपालिकाबाट ६ सय २१ जना, धुलिखेल नगरपालिकाबाट ४ सय ७३ जना, पनौती नगरपालिकाबाट १ सय ७९ जना, रोशी गाउँपालिकाबाट १ सय २ जना, मण्डनदेउपुर नगरपालिकाबाट ४ सय ५९ जना, भुम्लु गाउँपालिकाबाट ६७ जना, बेथानचोक गाउँपालिकाबाट २ सय ३७ जना, महाभारत गाउँपालिकाबाट ८५ जना गरी २१ सय ६७ जनाले कोरोना विरुद्धको खोप लगाएको कार्यालयका प्रमुख डा. झाले जानकारी दिए ।

जिल्लामा हालसम्म ३२ हजार ३ सय ८६ जनाले पहिलो मात्रा र १२ हजार ९ सय ६० जनाले दोस्रो मात्राको खोप लगाएको कार्यालयको विवरणमा उल्लेख छ ।


तपाईको प्रतिक्रिया