काभ्रे (धुलिखेल) – काभ्रेमा आज थप १ सय २ जनालाई कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । कार्यालयका अनुसार आज एकैदिन २ सय २ जना उपचारपछि संक्रमणमुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा गरिएको पिसिआर परीक्षणमा बनेपा नगरपालिकाबाट ७ जना महिला र १५ जना पुरुष, धुलिखेल नगरपालिकाबाट ५ जना महिला र ११ जना पुरुष, पाँचखाल नगरपालिकाबाट २ जना महिला र २ जना पुरुष, पनौती नगरपालिकाबाट १ जना महिला र २ जना पुरुष, नमोबुद्ध नगरपालिकाबाट ६ जना महिला, मण्डनदेउपुर नगरपालिकाबाट २ जना महिला र ७ जना पुरुष, रोशी गाउँपालिकाबाट १ जना महिला र बेथानचोक गाउँपालिकाबाट १ जना महिला गरी ६२ जनाकोे रिपोर्ट पोजेटिभ आएकोे कार्यालयका प्रमुख डा.नरेन्द्र कुमार झाले जानकारी दिए ।

उनका अनुसार पछिल्लो २४ घण्टामा गरिएको ऐन्टिजेन परीक्षणमा बनेपा नगरपालिकाबाट १३ जना महिला र १७ जना पुरुष, पनौती नगरपालिकाबाट १ जना पुरुष, भुम्लु गाउँपालिकाबाट १ जना महिला, चौंरीदेउराली गाउँपालिकाबाट १ जना पुरुष, नमोबुद्ध नगरपालिकाबाट ३ जना महिला र ४ जना पुरुष गरी ४० जनाको पोजेटिभ रोपोर्ट आएको छ । योसँगै जिल्लामा कुल कोरोना संक्रमित संख्या १० हजार ५६ पुगेको छ । जसमध्ये जना ७ हजार ८ सय ७१ जना संक्रमणमुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा काभ्रेमा कोरोना संक्रमणका कारण २ जनाको मृत्यु भएको छ । होम आइसोलेसनमा रहेकी नमोबुद्ध नगरपालिकाकी ८३ वर्षीया महिलाको आज मृत्यु अभएको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार मृतकमा जेष्ठ २४ गते संक्रमण पुष्टि भएको थियो । बनेपा नगरपालिकाका ६५ वर्षीय पुरुषको उपचारको क्रममा शिर मेमोरियल अस्पतालमा मृत्यु भएको कार्यालयका प्रमुख डा.झाले जानकारी दिए । उनका अनुसार मृतकमा जेष्ठ २४ गते संक्रमण पुष्टि भएको थियो । योसँगै कोरोना संक्रमणका कारण काभ्रेका १ सय ४९ जनाको मृत्यु भइसकेको छ ।


तपाईको प्रतिक्रिया