काभ्रे (धुलिखेल) – काभ्रेमा आज थप १ सय ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । कार्यालयका अनुसार आज १ सय ४६ जना उपचारपछि संक्रमणमुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा गरिएको पिसिआर परीक्षणमा बनेपा नगरपालिकाबाट १३ जना महिला र २२ जना पुरुष, धुलिखेल नगरपालिकाबाट १७ जना महिला र २२ जना पुरुष, पाँचखाल नगरपालिकाबाट १ जना महिला र ३ जना पुरुष, पनौती नगरपालिकाबाट १० जना महिला र ४ जना पुरुष, भुम्ल गाउँपालिकाबाट २ जना पुरुष, नमोबुद्ध नगरपालिकाबाट १ जना महिला र १ जना पुरुष, मण्डनदेउपुर नगरपालिकाबाट १ जना पुरुष र रोशी गाउँपालिकाबाट २ जना महिला र १ जना पुरुष गरी १ सय जनाकोे रिपोर्ट पोजेटिभ आएकोे कार्यालयका प्रमुख डा.नरेन्द्र कुमार झाले जानकारी दिए ।

उनका अनुसार पछिल्लो २४ घण्टामा गरिएको ऐन्टिजेन परीक्षणमा पाँचखाल नगरपालिकाबाट ५ जना महिला र ३ जना पुरुष, नमोबुद्ध नगरपालिकाबाट ५ जना महिला र ३ जना पुरुष, बेथानचोक गाउँपालिकाबाट ३ जना महिला र ३ जना पुरुष र पनौती नगरपालिकाबाट १० जना महिला र ९ जना पुरुष गरी ४१ जनाको पोजेटिभ रोपोर्ट आएको छ ।

योसँगै जिल्लामा कुल कोरोना संक्रमित संख्या ९ हजार ९ सय ५३ पुगेको छ । जसमध्ये जना ७ हजार ७ सय २६ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै जिल्लामा अहिले २ हजार ८० जना सक्रिय कोरोना संक्रमित रहेको कार्यालय प्रमुख डा. झाले बताए । जसमध्ये १९ सय ७१ जना होम आइसोलेसनमा र १ सय ९ जना अस्पताल आइसोलेसनमा उपचाररत रहेको डा.झाले जानकारी दिए ।

पछिल्लो २४ घण्टामा काभ्रेमा कोरोना संक्रमणका कारण ५ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणका कारण पनौती नगरपालिकाकी ७१ वर्षीया महिला, नमोबुद्ध नगरपालिकाबाट ६१ वर्षीय पुरुष र तेमाल गाउँपालिकाकी ८३ वर्षीया महिलाको उपचारको क्रममा धुलिखेल अस्पतालमा र बनेपा नगरपालिकाकी ७६ वर्षीया महिलाको बि.एण्ड बि अस्पतालमा जेष्ठ २३ गते मृत्यु भएको कार्यालयका प्रमुख डा.भलाले जानकारी दिए ।

त्यस्तै रोशी गाउँपालिकाकी ६७ वर्षीया महिलाको उपचारको क्रममा धुलिखेल अस्पतालमा आज मृत्यु भएको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार योसँगैजिल्लाका १ सय ४२ जनाको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ ।

 


तपाईको प्रतिक्रिया