काभ्रे (धुलिखेल) – काभ्रेका ६२ देखि ६४ वर्षका उमेर समूहलाई जेष्ठ २५ गतेदेखि कोरोना विरुद्धको खोप लगाइने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको निर्णय अनुसार काभ्रेमा पनि कोभिड—१९ विरुद्धको भेरोसेल खोप लगाईने भएको हो ।

जेष्ठ ६२ देखि ६४ वर्षका उमेर समूहलाई कोभिड—१९ विरुद्धको भेरोसेल खोप को पहिलो मात्राको खोप लगाइदैछ । काभ्रेको १३ वटै स्थानीयतहले खोप लगाउनका लागी तयारी गरिसेको छन् । सबै जसो पालिकाले खोप सञ्चालन गर्ने केन्द्रको नाम तोकि सकेका छन् ।

६२ देखि ६४ वर्षसम्मका उमेर समूहका व्यक्तिका ब्यक्तीहरुले आ–आफ्नो नगरपालिका वा गाँउपालिकाको स्वास्थ्य शाखामा सम्पर्क गर्न स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा . नरेन्द्र कुमार झाले आग्रह गरेका छन् । खोप लगाउन जाँदा आफ्नो परिचय खुल्ने परिचयपत्र साथमा लिएर जान उनले अनुरोध गरेका छन् ।


तपाईको प्रतिक्रिया