काभ्रे (धुलिखेल) काभ्रेमा आज थप ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । कार्यालयका अनुसार आज २३ जना उपचारपछि संक्रमणमुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा गरिएको पिसिआर परीक्षणमा बनेपा नगरपालिकाबाट ४ जना महिला र ५ जना पुरुष, धुलिखेल नगरपालिकाबाट १ जना महिला र २ जना पुरुष, भुम्लु गाउँपालिकाबाट १० जना महिला र १० जना पुरुष, चौंरीदेउराली गाउँपालिकाबाट १ जना पुरुष, रोशी गाउँपालिकाबाट १ जना पुरुष र मण्डनदेउपुर नगरपालिकाबाट १ जना महिला गरी ३५ जनाकोे रिपोर्ट पोजेटिभ आएकोे कार्यालयका प्रमुख डा.नरेन्द्र कुमार झाले जानकारी दिए ।

उनका अनुसार पछिल्लो २४ घण्टामा गरिएको ऐन्टिजेन परीक्षणमा चौंरीदेउराली गाउँपालिकाबाट ४ जना महिला र ३ जना पुरुष, तेमाल गाउँपालिकाबाट १ जना महिला र १० जना पुरुष र महाभारत गाउँपालिकाबाट ३ जना महिला र ५ जना पुरुष गरी २६ जनाको पोजेटिभ रोपोर्ट आएको छ ।

योसँगै जिल्लामा कुल कोरोना संक्रमित संख्या ९ हजार ८ सय ८ पुगेको छ । जसमध्ये जना ७ हजार ५ सय ८० जना संक्रमणमुक्त भएका छन् । त्यस्तै जिल्लामा अहिले २ हजार ८६ जना सक्रिय कोरोना संक्रमित रहेको कार्यालय प्रमुख डा. झाले बताए । जसमध्ये १९ सय ८१ जना होम आइसोलेसनमा र १ सय ५ जना अस्पताल आइसोलेसनमा उपचाररत रहेको डा.झाले जानकारी दिए ।

पछिल्लो २४ घण्टामा काभ्रेमा कोरोना संक्रमणका कारण ३ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणका कारण बनेपा नगरपालिकाका ७२ वर्षीय पुरुष र भक्तपुर जिल्लाका ६३ वर्षीय पुरुषको शिर मेमोरियल अस्पतालमा र धुलिखेल नगरपालिकाका ५९ वर्षीय पुरुषको धुलिखेल अस्पतालमा उपचारको क्रममा जेष्ठ २२ गते मृत्यु भएको कार्यालयले जनाएको छ । योसँगैजिल्लाका १ सय ४२ जनाको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ ।

 


तपाईको प्रतिक्रिया