काभ्रे (धुलिखेल) –  जिल्लामा आज थप ९८ जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । कार्यालयका अनुसार काभ्रेमा आज १० जना उपचारपछि संक्रमणमुक्त भएका छन् ।

आज थपिएका संक्रमितमध्ये बनेपा नगरपालिकाबाट २० जना महिला र ११ जना पुरुष, धुलिखेल नगरपालिकाबाट ३२ जना महिला र २४ जना पुरुष, मण्डनदेउपुर नगरपालिकाबाट १ जना महिला र ८ जना पुरुष, भुम्लु गाउँपालिकाबाट १ जना महिला र चौँरीदेउराली गाउँपालिकाबाट १ जना पुरुष रहेको कार्यालयका प्रमुख डा.नरेन्द्र कुमार झाले जानकारी दिए ।

उनका अनुसार योसँगै काभ्रेमा कुल कोरोना संक्रमित संख्या ५५ सय १९ पुगेको छ । त्यस्तै जिल्लामा अहिले १८ सय ११ जना सक्रिय कोरोना संक्रमित रहेको डा. झाले बताए । जसमध्ये १७ सय २६ जना होम आइसोलेसनमा र ८५ जना अस्पताल आइसोलेसनमा उपचाररत रहेको उनले जानकारी दिए ।

त्यस्तै काभ्रेमा पछिल्लो २४ घण्टामा ६ संक्रमितको मृत्यु भएको कार्यालयले जनाएको छ । जसमध्ये ५ संक्रमित काभ्रे जिल्ला र अर्का एक संक्रमित काभ्रे बाहिर अन्य जिल्लाका रहेका छन् । कोरोना संक्रमणका कारण मण्डनदेउपुरका ८९ वर्षीय पुरुषको धुलिखेल अस्पतालमा उपचारको क्रममा बैशाख ३१ गते मृत्यु भएको कार्यालयका प्रमुख डा.झाले बताए । उनका अनुसार मृतकमा बैशाख २९ गते संक्रमण पुष्टि भएको थियो ।

त्यस्तै धुलिखेलका ७५ वर्षीय पुरुष, ६५ वर्षीय महिला र ७९ वर्षीय महिलाको उपचारको क्रममा धुलिखेल अस्पतालमा आज गते मृत्यु भएको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार रोशी गाउँपालिकाका ४० वर्षीय पुरुषको उपचारको क्रममा धुलिखेल अस्पतालमा आज मृत्यु भएको हो ।

योसँगै काभ्रेमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ७७ पुगेको छ । कोरोना संक्रमणकै कारण सिन्धुपाल्चोकका ५० वर्षीय पुरुषको उपचारको क्रममा धुलिखेल अस्पतलमा बैशाख ३१ ग्ते मृत्यु भएको डा. झाले बताए । उनका अनुसार मृतकमा बैशाख २७ गते संक्रमण पुष्टि भएको थियो ।


तपाईको प्रतिक्रिया