काभ्रे (धुलिखेल) – जिल्लामा आज थप १ सय ५१ जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । कार्यालयका अनुसार काभ्रेमा आज ४४ जना उपचारपछि संक्रमणमुक्त भएका छन् ।

आज थपिएका संक्रमितमध्ये बनेपा नगरपालिकाबाट १९जना महिला र २१ जना पुरुष, धुलिखेल नगरपालिकाबाट १६ जना महिला र ११ जना पुरुष, पनौती नगरपालिकाबाट ८ जना महिला र ८ जना पुरुष, पाँचखाल नगरपालिकाबाट १ जना महिला र २ जना पुरुष, नमोबुद्ध नगरपालिकाबाट १० जना महिला र १० जना पुरुष, मण्डनदेउपुर नगरपालिकाबाट २ जना महिला र ३ जना पुरुष, तेमाल गाउँपालिकाबाट ६ जना महिला र ११ जना पुरुष, रोशी गाउँपालिकाबाट १ जना महिला र २ जना पुरुष, खानीखोला गाउँपालिकाबाट ६ जना महिला र १० जना पुरुष र भुम्लु गाउँपालिकाबाट २ जना महिला र २ जना पुरुष रहेको कार्यालयका प्रमुख डा.नरेन्द्र कुमार झाले जानकारी दिए ।

उनका अनुसार योसँगै काभ्रेमा कुल कोरोना संक्रमित संख्या ५४ सय १८ पुगेको छ । त्यस्तै जिल्लामा अहिले १७ सय २४ जना सक्रिय कोरोना संक्रमित रहेको डा. झाले बताए । जसमध्ये १६ सय ४२ जना होम आइसोलेसनमा र ८२ जना अस्पताल आइसोलेसनमा उपचाररत रहेको उनले जानकारी दिए ।

त्यस्तै काभ्रेमा पछिल्लो २४ घण्टामा ४ संक्रमितको मृत्यु भएको कार्यालयले जनाएको छ । जसमध्ये ३ संक्रमित काभ्रे जिल्ला र अर्का एक संक्रमित काभ्रे बाहिर अन्य जिल्लाका रहेका छन् । कोरोना संक्रमणका कारण धुलिखेलका ४८ वर्षीय पुरुषको धुलिखेल अस्पतालमा उपचारको क्रममा बैशाख ३० गते उपचारको मृत्यु भएको कार्यालयका प्रमुख डा.झाले बताए । उनका अनुसार मृतकमा बैशाख २५ गते संक्रमण पुष्टि भएको थियो । त्यस्तै धुलिखेलका ९० वर्षीय पुरुषको उपचारको क्रममा छाउनी अस्पतालमा बैशाख ३० गते मृत्यु भएको थियो । मृतकमा बैशाख २९ गते संक्रमण पुष्टि भएको थियो ।

त्यस्तै कोरोना संक्रमणका कारण धुलिखेलका ७७ वर्षीय पुरुषको धुलिखेल अस्पतालमा आज मृत्यु भएको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार मृतकमा आज संक्रमण पुष्टि भएको थियो । योसँगै काभ्रेमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ७२ पुगेको छ । कोरोना संक्रमणकै कारण दार्चुलाका ३३ वर्षीय पुरुषको उपचारको क्रममा धुलिखेल अस्पतलमा आज मृत्यु भएको डा. झाले बताए । उनका अनुसार मृतकमा बैशाख ३० गते संक्रमण पुष्टि भएको थियो ।


तपाईको प्रतिक्रिया