काभ्रे (पाँचखाल) –  जिल्लाको पाँचखाल नगरपालिकाले कोरोनाका संक्रमित अति विपन्न नागरिकलाई १० हजार रुपयाँ अर्थिक सहयोग गर्ने भएको छ । नगर प्रमुख महेश खरेलले कोरोनाबाट संक्रमित अति विपन्न बिरामीको लागि उपचार खर्च १० हजार, मास्क, स्यानिटाईजर, औषधि, ग्लोब्स लगायतका स्वास्थ्य सामाग्री सहयोग गर्ने जानकारी दिए ।

विपन्न संक्रमितले वडा कार्यालयको सिफारिस र अस्पतालको प्रमाणित कागजको आधारमा रकम उपलब्ध गराउने नगरप्रमुख खरेलले जानकारी दिए ।अति विपन्न नागरिकलाई १० हजार रुपयाँ अर्थिक सहयोग गर्ने घोषणा देशका स्थानीय तहमध्ये पहिलो हो ।  विश्व महामारीको रुपमा देखा परेको नयाँ भेरिएन्ट सहितको कारोना भाईरस संक्रमणबाट सुरक्षित रहन, स्वास्थ्य सावधानीका उपायहरु पूर्णरुपमा अपनाउन पनि उनले आग्रह गरेका छन् ।


तपाईको प्रतिक्रिया