काभ्रे (धुलिखेल) – जिल्लामा आज थप १ सय ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । कार्यालयका अनुसार आज १२ जना संक्रमित उपचारपछि संक्रमणमुक्त भएका छन् ।

आज थपिएका संक्रमितमध्ये बनेपा नगरपालिकाबाट ४० जना महिला र ५२ जना पुरुष, धुलिखेल नगरपालिकाबाट १९ जना महिला र १४ जना पुरुष, पनौती नगरपालिकाबाट १३ जना महिला र १० जना पुरुष, पाँचखाल नगरपालिकाबाट ५ जना महिला र ४ जना पुरुष, मण्डनदेउपुर नगरपालिकाबाट १ जना पुरुष, नमोबुद्ध नगरपालिकाबाट ३ जना महिला र ७ जना पुरुष, रोशी गाउँपालिकाबाट १ जना महिला र १ जना पुरुष, चौरीदेउराली गाउँपालिकाबाट १ जना महिला र २ जना पुरुष, बेथानचोक गाउँपालिकाबाट ४ जना महिला र १ जना पुरुष र भुम्लु गाउँपालिकाबाट ५ जना महिला र ८ जना पुरुष रहेका छन् । योसँगै जिल्लामा कुल कोरोना संक्रमित संख्या ४९ सय ६२ पुगेको छ । काभ्रेमा अहिले १३ सय ९८ जना सक्रिय कोरोना संक्रमित रहेको डा.झाले जानकारी दिए । उनका अनुसार जसमध्ये १३ सय ५२ जना होम आइसोलेसनमा र ४६ जना हस्पताल आइसोलेसनमा उपचाररत छन् ।

पछिल्लो २४ घण्टामा काभ्रेमा कोरोना संक्रमणका कारण ४ जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । जसमध्ये ३ मृतक संक्रमित काभ्रे जिल्लाका रहेका छन् । बनेपा नगरपालिकाकी ६३ वर्षीय महिलाको उपचारको क्रममा शिर मेमोरियल अस्पतालमा बैशाख २७ गते मृत्यु भएको कार्यालयका प्रमुख डा. झाले बताए । उनका अनुसार मृतकमा बैशाख २६ गते संक्रमण पुष्टि भएको थियो । त्यस्तै पाँचखाल नगरपालिकाकी ३० वर्षीय महिलाको उपचारको क्रममा धुलिखेल अस्पतालमा आज मृत्यु भएको डा.झाले जानकारी दिए । मृतकमा बैशाख २७ गते संक्रमण पुष्टि भएको थियो ।

बनेपा नगरपालिकाकी ५६ वर्षीय महिलाको उपचारको क्रममा शिर मेमोरियल अस्पतालमा आज मृत्यु भएको प्रमुख डा. झाले बताए । उनका अनुसार मृतकमा बैशाख २८ गते संक्रमण पुष्टि भएको थियो । योसँगै कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ६८ पुगेको छ । कोरोना संक्रमणका कारण भक्तपुर जिल्लाका ३३ वर्षीय महिलाको उपचारको क्रममा धुलिखेल अस्पतालमा आज मृत्यु भएको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार मृतकमा बैशाख २८ गते संक्रमण पुष्टि भएको थियो ।


तपाईको प्रतिक्रिया