काभ्रे (बनेपा) – अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) काभ्रेले नेपाल पत्रकार महासंघ काभ्रेलाई स्वास्थ्य सामाग्री हास्तान्तरण गरेको छ ।

अनेरास्ववियुले ७५० पिस मास्क, १०० पिस ६० एमएलको स्यानिटाइजर, ३० पिस फेस सिल्ड, १० पिस स्टिमर महासंघका अध्यक्ष बद्रीराज तिमल्सिनालाई आज (सोमबार) हस्तान्तरण गरेको छ ।अनेरास्ववियुले थप स्टिमर उपलब्ध गराउने वाचा गरेको छ ।

त्यस्तै महासंघले स्थापना गरेको आपतकालीन कोषमा अनेरास्ववियुद्वारा १५ हजार रुपैया प्राप्त भएको छ । हस्तान्तरण कार्यक्रममा नेकपा एमालेका जिल्ला सचिब दिपक गौतम, युवा संघका सचिब भेषराज शाह, अनेरास्ववियु काभ्रेका अध्यक्ष वदन भण्डारी, उपाध्यक्ष मन्दिरा तिमल्सिना लगायतले महासंघलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन् ।


तपाईको प्रतिक्रिया