काभ्रे (धुलिखेल) – नेपाली कांग्रेस काभ्रेको नौबिसेमा रहेको क्षेत्रीय पार्टी कार्यलयलाई आईसोलेसन सेन्टर बनाइने भएको छ । संविधान सभा सदस्य पूर्व सांसद प्रतिनिधि सभा क्षेत्रीय सभापती तिर्थ लामाले कोरोना भाईरसले जिल्लामा पछिल्ला दिन संक्रमित र मृतकको संख्या वृद्धि भएको र उपचार अभावमा कसैले पनि ज्यान गुमाउन नपरोस भन्ने उद्देश्य अनुरुप पार्टी कार्यलयलाई आईसोलेसन बनाउन दिने बताएका हुन् ।

उनले निर्माणाधिन पार्टि कार्यलयलाई मर्मत गरी स्थाआईसोलेसन केन्द्र  तयार गरी तत्काल प्रयोग गर्न दिईने बताएका छन् ।  जिल्लामा भएका अस्पतालहरुले मात्रै कोभिडका बिरामी धान्न सक्ने अवस्था छैन, आईसोलेसनहरु बिस्तार हुँदै छन् तर पनि पर्याप्त छैन’–संविधान सभा सदस्य लामाले भने ,‘केन्द्र र प्रदेश सरकारले धुलिखेल र शीर मेमोरियल लगायत अन्य अस्पताल साथै स्थानीय तह तहले कम्तिमा १ सय बेडको हाई–फ्लो अक्सिजन सहितको आईसोलेसन व्यवस्थापन गर्नुपर्ने देखिन्छ ।’  जिल्लामा कोभिडका कुनैपनि बिरामीले आईसियू बेड र भेन्टिलेटरको अभावमा मर्न नपर्ने अवस्थाको ग्यारेन्टी गर्न पनि उनले माग गरेका छन् ।

कांग्रेसले देशभरका आफ्नो पार्टी कार्यलयहरुलाई कोभिड उपचारमा उपयोग गर्न यस अघि नै सरकार सँग माग गरेको थियो । रोशी गाउँपालिकाका अध्यक्ष डि.बि. लामाले संविधान सभा सदस्य लामाको भनाईलाई पुष्टि गर्दै हालको विषम परिस्थितिमा आईसोलेसन र अस्पतालमा आईसियू लगायतका पूर्वाधार विकास गर्नमा लागि परेको बताए ।


तपाईको प्रतिक्रिया