काठमाडौँ  –  वरिष्ठ  गायक तथा संगीतकार प्रेमध्वज प्रधानको निधन भएको छ। उनको बिहीबार सुन्धारास्थित काठमाडौं न्यूरो एन्ड जनरल अस्पतालमा निधन भएको हो । छातीमा समस्या देखिएपछि केही दिन अगाडि उनलाई अस्पतालमा भर्ना गरिएको थियो । ८५ वर्षीय प्रधान वैशाख १४ गते अस्पतालमा भर्ना भएका थिए ।

२००९ सालमा रेडियो नेपालमा स्वर परीक्षा दिएर ‘क’ श्रेणीमा पास भएपछि उनको औपचारिक संगीत यात्रा सुरु भएको हो। ‘गोरेटो त्यो गाउँको, घुम्तीमा नआउ है, नमान लाज यस्तरी, पर लैजाउ फूलहरु, तिमीलाई अचेल कहाँ भेटूँ’जस्ता लोकप्रिय गीतमा स्वर दिएका सिन्धुपाल्चोकको चौतारामा जन्मिएका गायक प्रधान ‘गोल्डेन भ्वाइस अफ नेपाल’ भनेर चिनिन्छन्।


तपाईको प्रतिक्रिया