काभ्रे (धुलिखेल) – जिल्लामा दिनहुँ कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । आज मात्रै काभ्रेमा १ सय ६ जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । कार्यालयका अनुसार आज सबैभन्दा धेरै संक्रमित बनेपा, धुलिखेल, पाँचखाल र पनौती नगरपालिकाबाट भेटिएका छन् ।

आज थपिएका संक्रमितमध्ये बनेपा नगरपालिकाबाट १४ महिला र १४ जना पुरुष, धुलिखेल नगरपालिकाबाट ९ जना महिला र १५ जना पुरुष, पनौती नगरपालिकाबाट ११ जना महिला र १३ जना पुरुष, पाँचखाल नगरपालिकाबाट ७ जना महिला र ११ जना पुरुष, रोशी गाउँपालिकाबाट २ जना पुरुष, भुम्लु गाउँपालिकाबाट १ जना महिला, महाभारत गाउँपालिकाबाट २ जना महिला, बेथानचोक गाउँपालिकाबाट १ जना महिला र २ जना पुरुष, नमोबुद्ध नगरपालिकाबाट ३ जना पुरुष र मण्डनदेउपुर नगरपालिकाबाट १ जना महिला रहेको कार्यालयका प्रमुख डा.नरेन्द्र कुमार झाले जानकारी दिए ।

उनका अनुसार योसँगै काभ्रेमा कुल कोरोना संक्रमित संख्या ३९ सय ८२ पुगेको छ । काभ्रेमा अहिले ५ सय ५५ जना सक्रिय कोरोना संक्रमित रहेको कार्यालयको जानकारी छ । जसमध्ये ५ सय ३६ जना होम आईसोलेसनमा र १९ जना अस्पताल आईसोलेनिमा उपचाररत छन् । त्यस्तै काभ्रेमा कोरोना संक्रमणका कारण दुई जनाको मत्यु भएको कार्यालयको जानकारी छ ।

भारत घर भई बनेपामा बसोबास गर्दै आएका ३८ वर्षीय पुरुषको उपचारको क्रममा शिर मेमोरियल अस्पतालमा बैशाख १९ गते मृत्यु भएको कार्यालयका प्रमुख डा.नरेन्द्र कुमार झाले जानकारी दिए । उनका अनुसार मृतकमा बैशाख १९ गते संक्रमण पुष्टि भएको थियो । योसँगै काभ्रेमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ५० पुगेको छ । त्यस्तै कोरोना संक्रमणबाट काठमाडौँ–कोटेश्वरका ७० वर्षीय महिलाको कोरोना संक्रमणका कारण आज उपचारको क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको कार्यालयको जानकारी छ । कार्यालयका अनुसार मृतमका बैशाख १३ गते संक्रमण पुष्टि भएको थियो ।

 


तपाईको प्रतिक्रिया