काभ्रे (धुलिखेल) – जिल्लाका संक्रमण जोखिम क्षेत्रमा आजदेखि निषेधाज्ञा लागू भएको छ । जिल्लामा तिब्र गतिमा बढ्दै गएको कोरोना संक्रमण जोखिमलाई न्यूनिकरण गर्न जिल्लाका संक्रमण जोखिम क्षेत्रमा आजदेखि बैशाख २६ गते राती १२ बजेसम्म लागू हुने गरी निषेधाज्ञा जारी गरिएको छ ।

शनिबार बसेको जिल्ला संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)को बैठकले संक्रमण जोखिम क्षेत्रमा निषेधाज्ञा जारी गर्ने निर्णय भएको थियो । उक्त बैठकले संक्रमण जोखिम क्षेत्रलाई आधार बनाएर अरनिको राजमार्गको साँगादेखि बनेपा बजार – धुलिखेल सदरमुकाम – पाँचखाल बजार क्षेत्र हुदैँ दोलालघाट सडकको दायाँ–बायाँ ५०० मिटर, बनेपा तिनदोबाटोदेखि नाला भगवतीसम्मको सडकको दायाँ–बायाँ ५०० मिटर, बनेपा – पनौती – खोपासी सडकको दायाँ–बायाँ ५०० मिटर, वि.पी राजमार्गको धुलिखेल चोकदेखि काभ्रेभञ्ज्याङ्ग – भकुण्डे हुँदै मंगलटारसम्म सडकको दायाँ–बायाँ २०० मिटर सम्मको क्षेत्र र पाँचखाल नगरपालिकाको जिरोकिलोदेखि कुन्तावेशीसम्म सडकको दायाँ–बायाँ २०० मिटर क्षेत्रमा निषेधाज्ञा लागू हुने निर्णय गरेको छ ।

प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेललेका अनुसार निषेधित क्षेत्र पुनः थप गरिएको छ । थपिएको निषेधित क्षेत्रमा ग्वार्को–नमोबुद्ध राजमार्गको मानेदोभान–कुशादेवि–सुन्थान–शंखुपाटीचौर–नमोबुद्ध मन्दीर क्षेत्र दाँयाँ–बाँयाँ २०० मिटर क्षेत्र रहेको छ । यस्तै नगरकोट–कान्ताबेशी सडकको दाँयाँ–बाँयाँ २०० मिटर क्षेत्र । नाला करुणामय मन्दिर देखी भक्तपुर सडकको भञ्ज्याङसम्म दाँयाँ–बाँयाँ २०० मिटर क्षेत्र र पनौती–बाँस्डोल–भैंसेपाटी सडकको दाँयाँ–बाँयाँ २०० मिटर क्षेत्रमा निषेध आदेश जारी हुने भएको छ ।  उल्लेखित क्षेत्रमा अत्यावश्यक सेवाका सवारी साधन बाहेक अन्य निजि तथा सार्वजनिक सवारी साधन सञ्चालनमा रोक लगाईएको छ । जिल्लाभित्र प्रयोग हुने विकास निर्माणका सामाग्रीहरु ढुवानी गर्ने सवारी साधनहरु राती ९ बजेदेखि बिहान ५ बजेसम्म सञ्चालन गर्न पाउनेछन् ।

सबै प्रकारका गोष्ठी, भेला, सभा, जुलुस, सम्मेलन, तालिम, सेमिनार, सिनेमा हल सञ्चालन, पार्टी प्यालेस सञ्चालन, स्वीमिङ पुल सञ्चालन, मनोरञ्जन स्थल, शैलुन, ब्युटी पार्लर, जिमखाना, समूहमा खेलिने खेलकुल, संग्राहलय सञ्चालन नगर्नुको साथै हाट, मेला, जात्रा, महोत्सव, पार्टी, भोज जस्ता भिडभाड हुने कार्यमा नगर्न अनुरोधा गरिएको छ । त्यस्तै सरकारी कार्यालय, बैंक तथा वित्तिय संस्था, बिमा एवं राष्ट्र बैंकबाट इजाजत सहकारी संस्थाले आफ्नो कार्यालय र कर्मचारीको अवस्था हेरी माथिल्लो निकायको स्विकृती लिई आलोपालो सेवा वा अत्यावश्यक सेवा बाहेक अन्य सेवा हाललाई स्थगित गरिएको  छ ।

नेपाल सरकारबाट तोकिएको स्वास्थ्य सम्बन्धी मापदण्ड र सामाजिक दुरी अनिवार्य पालना गर्न अनुरोध गरिएको छ । नेपालको संविधान अनुसार उल्लेखित आदेशहरु पलना नगर्ने वा यो काम गर्न बाधा पु¥याउने जो कोहीलाई संक्रमण रोज ऐन २०२० तथा स्थानीय प्रशासन एने २०२८ अनुसार कानुनी कार्वाही गरिने बताईएको छ ।


तपाईको प्रतिक्रिया