काभ्रे (धुलिखेल) – काभ्रेमा तिब्र गतिमा फैलिरहेको कोभिड – १९ (कोरोना भाइरस)को जोखिमलाई न्यूनिकरण गर्न जिल्लाको धुलिखेल नगरपालिकाको कार्यालय, वडा कार्यालय, सेवा केन्द्रबाट प्रवाह हुने अत्यावश्यक बाहेक सम्पूर्ण सेवाहरु एक हप्ताको लागि बन्द हुने भएको छ ।
नगरपालिकाले आज (आईतबार) सूचना प्रकाशन गर्दै अत्यावश्यक बाहेकका सम्पूर्ण सेवाहरु बैशाख २० गतेबाट एक हप्ताको लागि स्थगन गर्ने निर्णय गरेको हो । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोक बैशाख १८ गतेको निर्णयलाई आधार बनाएर नगरपालिकाले सेवा स्थगन गरिएको प्रकाशित सूचनामा उल्लेख छ ।

धुलिखेल नगरपालिकाद्वारा प्रकाशति सूचना :


तपाईको प्रतिक्रिया