काभ्रे (धुलिखेल) – जिल्लामा कोरोना संक्रमणका कारण एक जना पुरुषको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । कार्यालयका अनुसार कोरोना संक्रमणबाट मृत्यु हुनेमा बनेपा नगरपालिकाका ६१ वर्षीय पुरुष रहेका छन् ।

उनको उपचारको क्रममा धुलिखेल अस्पतालमा आज (आईतबार) बिहान मृत्यु भएको अस्पतालले जनाएको छ । मृतकमा बैशाख १५ गते कोरोना संक्रमण पुष्टि भएको थियो । योसँगै काभ्रेमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४९ पुगेको छ ।


तपाईको प्रतिक्रिया