काभ्रे (धुलिखेल) – केही दिन यता काभ्रेमा कोरोना संक्रमण दर क्रमिक रुपमा बढ्दै गएको छ । त्यसो त काभ्रेमा आज एकैदिन ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । उक्त संक्रमण दर काभ्रेमा हालसम्मकै उच्च रहेको कार्यालयका प्रमुख डा. नरेन्द्र कुमार झाले बताए ।

आज थपिएका संक्रमितमध्ये सबैभन्दा धेरै बनेपा नगरपालिकाका रहेको कार्यालयको विवरणमा उल्लेख छ । कार्यालयका प्रमुख डा. झाका अनुसार आज थपिएका नयाँ संक्रमितमध्ये पनौती नगरपालिकाबाट १५ जना पुरुष र १२ जना महिला, धुलिखेल नगरपालिकाबाट ७ जना महिला र १२ जना पुरुष, बनेपा नगरपालिकाबाट १४ जना महिला र १६ जना पुरुष, पाँचखाल नगरपालिकाबाट २ जना महिला र ६ जना पुरुष, भुम्लु गाउँपालिकाबाट १ जना पुरुष, मण्डनदेउपुर नगरपालिकाबाट १ जना पुरुष, नमोबुद्ध नगरपालिकाबाट ३ जना महिला र ३ जना पुरुष, रोशी गाउँपालिकाबाट १ जना पुरुष, तेमाल गाउँपालिकाबाट १ जना पुरुष, चौरी गाउँपालिकाबाट १ जना पुरुष, बेथानचोक गाउँपालिकाबाट १ जना पुरुष र महाभारत गाउँपालिकाबाट १ जना पुरुष रहेका छन् ।

योसँगै काभ्रेमा कुल कोरोना संक्रमितको संख्या ३८ सय ३२ पुगेको छ । त्यस्तै जिल्लामा अहिले ४ सय ७ जना सक्रिय कोरोना संक्रमित रहेको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार जसमध्ये ३ सय ९३ जना होम आईसोलेसनमा र १४ जना अस्पतालमा उपचाररत छन् । जिल्लामा आज एक जना संक्रमितको उपचारपछि संक्रमणमुक्त भएको कार्यालयले जनाएको छ । त्यस्तै कोरोना संक्रमणका कारण आज २ जना पुरुषको उपचारको क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको छ । जिल्लाको चौरीदेउराली गाउँपालिकाका ७० वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको कार्यालयका प्रमुख डा.झाले बताए । उनका अनुसार मृतकमा बैशाख १७ गते संक्रमण पुष्टि भएको थियो । त्यस्तै कोरोना संक्रमणका कारण जिल्लाको धुलिखेल अस्पतालमा उपचारको क्रममा सिन्धुपाल्चोक चौतराका ३७ वर्षीय पुरुषको आज मृत्यु भएको कार्यालयको जानकारी छ ।

जिल्ला स्वास्थ्य कार्यालय काभ्रेको कोरोना सम्बन्धी अध्यावधिक विवरण :


तपाईको प्रतिक्रिया