काभ्रे (पनौती) – कोरोनाको जोखिमाका कारण जिल्लाका केही विद्यालय बन्द भइसकेका छन् । पछिल्लो समय कोरोनाको जोखिम बढ्दै गएकाले जिल्लाको पनौती नगरपालिका क्षेत्रका सम्पूर्ण शैक्षिक संस्थाहरु मंगलबारबाट बन्द गर्ने निर्णय गरेको छ ।

कोरोना महामारी बढिरहेकाले शैक्षिक संस्थाहरुमा भिडभाड हुने भएकाले सामुदायिक तथा संस्थागत विद्यालय र क्याम्पसहरु अर्को सूचना जारी नभएसम्मको लागि बन्द गर्ने निर्णय पनौती नगरपालिकाद्वारा प्रकाशित सूचनामा उल्लेख गरिएको छ ।

यसैगरी बजार पसल पनि स्वास्थ्य मापदण्ड पालना गरी बेलुकी ८ बजेसम्म मात्र खोल्न, मठ–मन्दिर, सभा समारोह, चाडपर्वमा भिडभाड नगर्न, सभा सम्मेलन गोष्टीको आयोजना नगर्न प्रकाशित सूचनामा उल्लेख गरिएको छ । आफ्नो वरपर तथा छिमेकमा संक्रमित फेला परे तुरुन्त सम्बन्धित निकायमा खबर गर्न पनि विपद व्यवस्थापन समितिको सिफारिसमा पनौती नगरपालिकाले नगरबासीलाई अनुरोध गरेको छ ।

बाहिर हिड्दा अनिवार्य माक्सको प्रयोग गर्न र सामाजिक दुरी कायम गर्नुको साथै सार्वजनिक यातायातका साधनमा निर्धारित स्वास्थ्य मापदण्डको अनिवार्य पालना गर्न पनौती नगरपालिकाले नगरबासीलाई अनुरोध गरेको छ ।


तपाईको प्रतिक्रिया