काभ्रे (पाँचखाल) – जिल्लाको पाँचखाल नगरपालिकामा रहेका १५ सय १६ विद्यार्थीलाई झोला र शैक्षिक सामाग्री बितरण गरिएको छ ।

नगरपालिका भित्रका भुवनेश्वरीका १ सय ४५, नारायण प्राविका ३६, जनभावना प्राविका ६६, राधाकृष्ण प्राविका ७३, महाँकाल माविका १ सय ५७, आजाद माविका २ सय ४४, भविष्य उज्वलका ४५, झिगनादेवी प्राविका २३, जनज्योती प्राविका १८, भक्रमदेवी माविका १ सय ३२, ज्ञानेश्वरी माविका १ सय १६, ज्ञानोदयका ९०, राम माविका १ सय ३, जनता माविका १ सय २१, जन जागृति माविका ७३, समाजसुधार प्राविका २२, पलाञ्चोक भगवती माविका ५२ जना गरी १५ सय १६ विद्यार्थीलाई झोला र शैक्षिक सामाग्रीहरु कलर, पेन्सिल, जोमेट्रिक बस्क, कापी लगायत वितरण गरिएको हो ।

पाँचखाल नगरपालिका र पाँचखाल उद्योग बाणिज्य संघको समन्वयमा राष्ट्रिय अपाङ्ग पुर्नस्थापना समाज र गरिबी निवारणको लागि चाईना फाउण्डेशनको सहयोगमा नगरपालिका भित्रका ३४ वटा विद्यालयमा भोला र शैक्षिक सामाग्रीहरु कलर, पेन्सिल, जोमेट्रिक बस्क, कापी वितरण गरिसकिएको छ ।

उक्त कार्यक्रममा पाँचखाल नगरपालिकाका उपप्रमुख लक्ष्मी दनुवार, राष्ट्रिय अपाङ्ग पुर्नस्थापना समाजको प्रतिनिधि गौरी दाहाल, पाँचखाल उद्योग बाणिज्य संघका अध्यक्ष राजन कार्की, गरिबी निवारणको लागि चाईना फाउण्डेशनका प्रतिमा पाण्डे र ससम्बन्धित वडाका वडा अध्यक्षहरुको सहभागिता रहेको थियो ।


तपाईको प्रतिक्रिया