काभ्रे (धुलिखेल) – भारत सरकारले धुलिखेल नगरपालिकालाई अत्याधुनिक एम्बुलेन्स सहयोग गरेको छ । भारत सरकारको सहयोगबाट प्राप्त भएको ९८ लाख १६ हजार ३ सय १७ रुपैयाँको उक्त एम्बुलेन्स बिहीबार धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जुलाई हस्तान्तरण गरिएको थियो । यो एम्बुलेन्स धुलिखेल नगरपालिका आफैँले सञ्चालन गर्ने नगरपालिकाले जनाएको छ ।

‘स्वस्थ्य सहर’ को पहिचानले परिचित गराउने अभियान स्वरुप स्वास्थ्यका विभिन्न कार्यक्रम गर्दै आएको छ,’ उनले भने, ‘भारत सरकारबाट अत्याधुनिक सुविधा सहितको एम्बुलेन्स सहयोग प्राप्त भएको छ, अब नगरबासीलाई स्वास्थ्य सेवा लिन थप सहज हुनेछ ।’ उक्त सहयोगले ‘स्वस्थ्य सहर’ निर्माणका लागि उर्जा थपिएको नगरप्रमुख ब्याञ्जुले बताए ।

 


तपाईको प्रतिक्रिया