काभ्रे (धुलिखेल) – काभ्रेमा आज ११ सय ७१ जनाले कोरोना विरुद्धको दोस्रो खोप लगाएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । कार्यालयका अनुसार ४ सय ५१ जना महिला र ७ सय २० जना पुरुष गरी ११ सय ७१ जनाले खोप लगाएका हुन् ।

कोरोना विरुद्धको खोप लागि अनुमति पाएको जिल्लाको धुलिखेल अस्पतालमा ६ सय ९९, मेथिनकोट अस्पतालमा १ सय ९२ जना र समाज कल्याण प्रा.वि, पाँचखालमा २ सय ८० जनाले कोरोना विरुद्धको खोप लगाएको कार्यालयका प्रमुख डा.नरेन्द्र कुमार झाले जानकारी दिए ।

योसँगै काभ्रेमा कोरोना विरुद्धको दोस्रो खोप लगाउनेको संख्या ३ हजार ३ सय ४४ पुगेको छ । डा.झाका अनुसार पहिलो खोप लगाएकाहरुको लागि दोस्रो खोप कार्यक्रम यहि बैशाख ११ गतेसम्म जारी रहनेछ ।


तपाईको प्रतिक्रिया