काभ्रे (धुलिखेल) – पछिल्लो समय काभ्रेमा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा मात्रै काभ्रेमा थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।

कार्यालयका अनुसार आज थपिएका संक्रमितमध्ये धुलिखेल नगरपालिकाबाट २ जना महिला र ४ जना पुरुष, पनौती नगरपालिकाबाट ३ महिला र २ जना पुरुष, नमोबुद्ध नगरपालिकाबाट १ जना महिला, बनेपा नगरपालिकाबाट ४ जना महिला र २ जना पुरुष र तेमाल गाउँपालिकाबाट १ जना पुरुष रहेका छन् ।

कार्यालयका प्रमुख डा.नरेन्द्र कुमार झाका अनुसार योसँगै काभ्रेमा कुल कोरोना संक्रमित ३४ सय ६७ पुगेको छ । त्यस्तै काभ्रेमा अहिले सक्रिय कोरोना संक्रमितको संख्यामा पनि बृद्धि भएको कार्यालयको तथ्याङकले देखाएको छ । कार्यालयको विवरण अनुसार जिल्लामा अहिले ६४ जना सक्रिय कोरोना संक्रमित रहेका छन् । जसमध्ये ६१ जना होम आइसोलेसनमा र ३ जना अस्पताल आइसोलेसनमा उपचाररत रहेको कार्यांलयका प्रमुख डा.झाले बताए ।


तपाईको प्रतिक्रिया