काभ्रे (बनेपा) – बेथानचोक जेसीज तथा उज्यालो महिला समाज नेपाल परिवारले नवनिर्वाचित नेपाल पत्रकार महासंघ काभ्रेका पधाकिारी तथा सदस्यहरुलाई बधाई तथा सम्मान कार्यक्रम गरेको छ ।

जेसीज र उज्यालो महिला समाज नेपाल परिवारद्वारा संयुक्त रुपमा आज (बिहीबार) बनेपामा आयोजित एक कार्यक्रमकाबिच पत्रकारहरुलाई बधाई तथा सम्मान गरेको थियो । कार्यक्रमको सभापति बेथानचोक जेसीजका अध्यक्ष जेसी हरिकृष्ण दाहालले गरेका थिए ।

त्यस्तै उक्त कार्यक्रममा ईलाका प्रहरी कार्यालय बनेपाका निवर्तमान ईन्चार्ज योगेन्द्र तिमल्सिना तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका निवर्तमान प्रमुख विशाल तामाङलाई पनि सम्मान गरिएको थियो ।

काभ्रेमा आफ्नो कार्यकाल पुरा गरी विदाई हुन लागेको अवसरमा काभ्रेको शान्ति, सुरक्षा, अमनचयन तथा जिल्लाको ट्राफिक व्यवस्थापनमा पुयाएको योगदानको कदर गर्दै प्रहरी प्रमुखद्धय तिमल्सिना र तामाङलाई धन्यवाद स्वरुप मायाको चिनो प्रदान गरी सम्मान गरिएको थियो । यसैगरी कार्यक्रममा संघीय प्रहरी इकाइ जनकपुरका प्रहरी बरिष्ठ उपरीक्षक एसएसपी किशोरकुमार दाहाललाई पनि सम्मान गरिएको थियो ।


तपाईको प्रतिक्रिया