काभ्रे (पनौती) –  जिल्लाको पनौती नगरपालिकाले प्रहरीलाई ह्वील लक र टर्च लाईट प्रदान गरेको छ । पनौती नगरपालिकाका प्रमुख भिम प्रसाद न्यौपानेले प्रहरी चौकी पनौतीलाई ११ थान ह्वील लक र ५ थान टर्च लाईट हस्तान्तरण गरेका थिए ।

प्राप्त सामाग्रीले पार्किङलाई व्यवस्थापन गर्न सजिलो हुने प्रहरी चौकी पनौतीले जनाएको छ । केही दिनमै पार्किङ तथा नो पार्किङ छुट्याएर सबैलाई जानकारी दिने र यसको प्रयोग गरेर बजारलाई व्यवस्थापन गर्ने समेत प्रहरी चौकी कार्यालय पनौतीले जनाएको छ ।


तपाईको प्रतिक्रिया