मोरङ – मानव बेचबिखन तथा जबरजस्ती करणीमा संलग्न रहेको अभियोगमा विराटनगर महानगरपालिका-१९ बस्ने २५ वर्षीय दिनेश मण्डललाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

मण्डलले २०७७ माघ १० गते दिउँसो विराटनगर महानगरपालिका-४ ईक्राई चोकबाट पीडितलाई विभिन्न प्रलोभनमा पारी लुकाई छिपाई बन्धक बनाई राखेको सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले विराटनगर महानगरपालिका-१५ रानी बोर्डर एरियाबाट पीडितको उद्दार गरी मण्डललाई पक्राउ गरेको हो ।

उनी उपर मानव बेचबिखन तथा जवरजस्ती करणी कसूरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।


तपाईको प्रतिक्रिया