काभ्रे (धुलिखेल) – काभ्रेमा आज (बुधबार) थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण हुनेमा सबै भन्दा धेरै पनौती नगरपालिकाका रहेका छन् ।

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. नरेन्द्रकुमार झाका अनुसार आज थपिएका नयाँ संक्रमित पनौती नगरपालिकामा ५ जना, धुलिखेल नगरपालिकाका ४ जना, पाँचखाल नगरपालिकामा १ जना र भुम्लु गाउँपालिकामा १ जना गरि ११ जना रहेका छन् ।

योसँगै काभ्रेमा आज सक्रिय कोरोना संक्रमितको संख्या ४८ रहेको छ । जसमा २३ जना महिला र २५ जना पुरुष रहेका छन् ।

यसैगरी काभ्रेमा हालसम्म कुल कोरोना संक्रमित संख्या ३४ सय ४८ पुगेको कार्यालयको जनाएको छ ।

थप विवरण हेर्नुहोस :-


तपाईको प्रतिक्रिया