त्रिदेशीय टी–ट्वान्टी शृङ्खलामा आज नेदरल्यान्ड्स र मलेसिया भिड्दै छन् । खेल त्रिवि क्रिकेट मैदानमा दिउँसो  सवा १२ बजे हुनेछ ।

आज नेदरल्यान्ड्स मलेसियालाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा रहेको छ भने मलेसिया पहिलो जितको खोजीमा छ ।  तीन खेलमा चार अंक जोडेको नेदरल्यान्ड्स तालिकाको दोस्रो स्थानमा रहेको छ ।

दुई खेलमा दुवै खेल हारेको मलेसिया पुछारमा छ । तीन खेलमा दुईमा जित र एकमा हार बेहोरेको नेपाल चार अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।


तपाईको प्रतिक्रिया