काभ्रे (धुलिखेल) – जिल्लामा आज ६ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । कार्यालयका अनुसार आज थपिएका संक्रमितमध्ये धुलिखेल नगरपालिकाबाट २ जना महिला र २ जना पुरुष, बनेपा नगरपालिकाबाट १ जना पुरुष र मण्डनदेउपुर नगरपालिकाबाट १ जना पुरुष रहेका छन् ।

योसँगै काभ्रेमा कुल कोरोना संक्रमित संख्या ३४ सय ३७ पुगेको छ । त्यस्तै काभ्रेमा आज एक जना कोरोना संक्रमितको उपचारपछि कोरोना संक्रमणमुक्त भएको कार्यालयका प्रमुख डा.नरेन्द्र कुमार झाले जानकारी दिए । उनका अनुसार एक जना संक्रमणमुक्त भएसँगै काभ्रेमा अहिले ३७ जना सक्रिय कोरोना संक्रमित रहेका छन् ।

काभ्रेमा अहिले ५ जना अस्पताल आईसोलेसन र ३२ जना होम आईसोलेसनमा उपचाररत रहेको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेको विवरणमा उल्लेख छ ।


तपाईको प्रतिक्रिया