काभ्रे (धुलिखेल) – पछिल्लो समय दोस्रो लहरको कोरोना संक्रमण देशभर फैलिएको अवस्था छ । कोरोनाको नयाँ भेरिएन्ट भेटिएको र विद्यालय जाने उमेर समूहमा संक्रमण बढ्दै गइरहेकाले सरकारले कोरोना संक्रमण उच्च भएका क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

त्यस्तै कोरोनाको जोखिमका कारण  काभ्रेको बनेपा र धुलिखेल नगर क्षेत्रका विद्यालय पनि बन्द गर्ने निर्णय कोभिड– १९ सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचार सम्बन्धी जिल्ला स्तरीय केन्द्र (डिसिसिएमसी)ले गरेको छ । मङ्गलबार काभ्रेका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलको अध्यक्षतामा बसेको डिसिसिएमसीको बठैकले विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

बैठकले काभ्रेको बनेपा र धुलिखेल नगर क्षेत्रका सबै प्रकारका शैक्षिक संस्थामा भौतिक उपस्थितीमा हुने शैक्षिक क्रियाकलापहरु बुधबारबाट बन्द गर्ने निर्णय गरेको छ । वैशाख मसान्तसम्म भर्चुअल वा वैकल्पिक शिक्षण सिकाइका विधिहरु अपनाइ संचालन गर्ने निर्णय गरिएको छ ।


तपाईको प्रतिक्रिया