काभ्रे (बनेपा) – काभ्रेमा टोकबहादुर वाइवाको अध्यक्षतामा २ सय १ सदस्यीय जिल्ला कमिटी घोषणा गरिएको छ ।

नेकपा एमाले माधव पक्षले देशव्यापी संगठन निर्माणलाई तिव्रता दिँदै आएको छ । यसैक्रममा आइतबार बनेपामा आयोजित जिल्लास्तरीय कार्यकर्ता भेलामा टोकबहादुर वाइवाको अध्यक्षतामा २ सय  १ सदस्यीय जिल्ला कमिटी घोषणा गरिएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै एमाले वरिष्ठ नेता नेपालले पार्टीलाई बलियो बनाउने देशव्यापी कमिटी गठन अभियान चलाएको बताए । कार्यक्रम पालिका तहको नेतृत्व, युवा, विद्यार्थी, किसान, मुक्ति समाज जिल्ला कमिटीको घोषणा गरिएको छ ।

करिब पाँच कार्यकर्ता माझ वाइवाको अध्यक्षतामा जिल्ला कमिटीको घोषणा गरिएको हो । सो कमिटी घोषणा तथा कार्यकर्ता भेलामा एमालेका बरिष्ठ नेता माधव नेपाल, अष्टलक्ष्मी शाक्य, कृष्णप्रसाद सापकोटा, विदुर सापकोटा लगायतको उपस्थिती रहेको थियो ।


तपाईको प्रतिक्रिया