काभ्रे (धुलिखेल) – जिल्लामा आज १६ सय ६५ जनाले कोरोना विरुद्धको खोप लगाएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । कार्यालयका अनुसार ७ सय ९२ जना महिला र ८ सय ४३ जना पुरुष गरी १६ सय ६५ जनाले तेस्रो चरणको कोरोना विरुद्धको खोप लगाएका छन् ।

कार्यालयका प्रमुख डा.नरेन्द्र कुमार झाका अनुसार तेस्रो चरणको खोप अभियानमा आज ३ सय ५६ जना शिक्षक/प्राध्यापक, २ सय ७० जना यस अघि खोप लगाउन छुट भएका अग्रपंक्तिमा खटिने व्यक्तिहरु, होटल, ट्रेकिङ, बिज्ञापन र इन्टरनेट क्षेत्रमा काम गर्ने व्यक्ति, औषधी, फलफूल, तरकारी लगायतका व्यापारी, ३ सय ४३ जना अन्य र ४० देखि ५९ वर्ष उमेर समूहका ६ सय ६५ जनालाई कोरोना विरुद्धको खोप लगाइएको हो ।

कोरोना भाइरस विरुद्धको अभियान अन्र्तगत पहिलो चरणमा ६ हजार ७ सय ९९ जना, दोस्रो चरणमा १७ हजार १ सय ६१ जना र तेस्रो चरणमा ४ हजार ५ सय ३७ जना गरी काभ्रेमा हालसम्म २८ हजार ४ सय ९७ जनाले कोरोना विरुद्धको खोप लगाएको कार्यालयको विवरणमा उल्लेख छ ।


तपाईको प्रतिक्रिया