काभ्रे (बेथानचोक) – जिल्लाको बेथानचोक गाउँपालिका वडा नम्बर ४ तिपचोकमा स्वस्छता, सरसफाई र संक्रमण रोग सम्बन्धी ४ दिने सचेतनामूलक तालिम सम्पन्न भएको छ । एडि.आर.एफ नेपाल संस्थाको आयोजना तथा बेथानचोक गाउँपालिकाको समन्वयमा कार्यक्रम संचालित कार्यक्रमको समापनमा गाउँपालिका उपाध्यक्ष सरिता लामिछानेको प्रमुख आतिथ्यता रहेको थियो ।

बाबोनानुम फाउन्डेशन कोरियाको विशेष सहयोगमा उक्त तालिम सञ्चालन गरिएको थियो । बेथान्चोक,४ तिपचोकमा संचालित उक्त सरसफाइ एवं सचेतनामुलक कार्यक्रम पछि स्वास्थ सामग्री बितरण गर्दै संस्थाका कार्यक्रम संयोजक प्रकाश तामाङले तालिममा प्रशिक्षक भोजराज ओझा र राजकुमार लम्सालले प्रशिक्षण गराएका सिपलाई दैनिक जिवनको व्यवहारमा लागु गर्दै स्वस्थ हुन र सफा स्वच्छ वातावरण निर्माणमा लाग्न सुझाव दिएका ।

उक्त कार्यक्रममा १५० जना स्थानीय नागरिक लगाएत जनप्रतिनिधिलाई स्वस्छता, सरसफाई र संक्रमण रोग सम्बन्धी ४ दिने सचेतनामुलक तालिम साथै स्वास्थ्य सामाग्री वितरण समेत गरिएको थियो । तालिमपश्चात सहभागीलाई मास्क, सेनिटाइजर, रुमाल, टुथपेस्ट ब्रस, साबुन लगाएतका सामग्री वितरण गरिएको थियो ।


तपाईको प्रतिक्रिया