काभ्रे (धुलिखेल) – काभ्रेमा आज ३ सय ७१ जनले कोरोना विरुद्धको खोप लगाएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । कार्यालयका अनुसार १ सय ५९ जना महिला र २ सय १२ जना पुरुष गरी ३ सय ७१ जनाले कोरोना विरुद्ध खोप अभियान अन्र्तगत तेस्रो चरणको खोप लगाएका हुन् ।

कार्यालयका प्रमुख डा.नरेन्द्र कुमार झाका अनुसार तेस्रो चरणको खोप अभियानमा आज ८८ जना हिमालय पार व्यापार गर्ने नेपाली व्यापारी वा सहयोगी, १ सय २७ जना शिक्षक/प्राध्यापक, ४८ जना यस अघि खोप लगाउन छुट भएका अग्रपंक्तिमा खटिने व्यक्तिहरु, होटल, ट्रेकिङ, बिज्ञापन र इन्टरनेट क्षेत्रमा काम गर्ने व्यक्ति, औषधी, फलफूल, तरकारी लगायतका व्यापारी, ३४ जना अन्य र ४० देखि ५९ उमेर समूहका ७४ जनालाई कोरोना विरुद्धको खोप लगाइएको हो ।

कोरोना भाइरस विरुद्धको अभियान अन्र्तगत पहिलो चरणमा ६ हजार ७ सय ९९ जना, दोस्रो चरणमा १७ हजार १ सय ६१ जना र आज तेस्रो चरणमा २३ सय ८८ जना गरी काभ्रेमा हालसम्म २६ हजार ३ सय ४८ जनाले कोरोना विरुद्धको खोप लगाएको कार्यालयको विवरणमा उल्लेख छ ।


तपाईको प्रतिक्रिया