काभ्रे (धुलिखेल) – जिल्लामा आज ६ सय ६५ जनाले तेस्रो चरणको कोरोना विरुद्धको खोप लगाएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । कार्यालयका अनुसार आज ३ सय ३९ जना महिला र ३ सय २६ जना पुरुष गरी ६ सय ६५ जनाले कोरोना विरुद्धको खोप लगाएका हुन् ।

कार्यालयका प्रमुख डा.नरेन्द्र कुमार झाका अनुसार तेस्रो चरणको खोप अभियानमा आज २ जना हिमालय पार व्यापार गर्ने नेपाली व्यापारी वा सहयोगी, ५ सय १९ जना शिक्षक÷प्राध्यापक, ९७ जना यस अघि खोप लगाउन छुट भएका अग्रपंक्तिमा खटिने व्यक्तिहरु, होटल, ट्रेकिङ, बिज्ञापन र इन्टरनेट क्षेत्रमा काम गर्ने व्यक्ति, औषधी, फलफूल, तरकारी लगायतका व्यापारी र अन्य ४७ जनालाई कोरोना विरुद्धको खोप लगाइएको हो ।

कोरोना भाइरस विरुद्धको अभियान अन्र्तगत पहिलो चरणमा ६ हजार ७ सय ९९ जना, दोस्रो चरणमा १७ हजार १ सय ६१ जना र आज तेस्रो चरणमा १ हजार १ सय ५६ जना गरी काभ्रेमा हालसम्म २५ हजार १ सय १६ जनाले कोरोना विरुद्धको खोप लगाएको कार्यालयको विवरणमा उल्लेख छ ।

त्यस्तै काभ्रेमा आज ४ जनाको उपचारपछि कोरोना संक्रमणमुक्त भएको कार्यालयको जानकारी छ । कार्यालयका अनुसार काभ्रेमा कुल संक्रमितमध्ये अहिले ९८ प्रतिशतको उपचारपछि संक्रमणमुक्त भएका छन् । जिल्लामा अहिले २२ जना सक्रिय कोरोना संक्रमित रहेको कार्यालयका प्रमुख डा.झाले बताए । जसमध्ये ३ जना अस्पताल आईसोलेसनमा र १९ जना होम आईसोलेसनमा उपचाररत रहेका छन् ।


तपाईको प्रतिक्रिया