काभ्रे (धुलिखेल) – जिल्लामा आज थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।

आज थपिएका संक्रमितमध्ये धुलिखेल नगरपालिकाबाट ५ जना महिला र १ जना पुरुष, चौरीदेउराली गाउँपालिकाबाट १ जना महिला र बनेपा नगरपालिकाबाट १ जना पुरुष रहेको कार्यालय प्रमुख डा.नरेन्द्र कुमार झाले जानकारी दिए ।
उनका अनुसार योसँगै काभ्रेमा कुल कोरोना संक्रमित संख्या ३४ सय ३ पुगेको छ ।

काभ्रेमा अहिले ९ जना महिला र १४ जना पुरुष गरी २३ जना सक्रिय कोरोना संक्रमित रहेको कार्यालयको जानकारी छ । कार्यालयका अनुसार २३ जना सक्रिय संक्रमितमध्ये १७ जना होम आईसोलेसनमा र ६ जना अस्पताल आईसोलेसनमा रहेका छन् ।


तपाईको प्रतिक्रिया