काभ्रे (धुलिखेल) – काभ्रेका कुल संक्रमितसंख्यामध्ये ९८ प्रतिशत संक्रमित कोरोना संक्रमणमुक्त भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।
त्यस्तै काभ्रेमा आज ४ जना संक्रमितको उपचारपछि कोरोना संक्रमणमुक्त भएको कार्यालयका प्रमुख डा.नरेन्द्र कुमार झाले जानकारी दिए । उनका अनुसार काभ्रेमा अहिले १५ जना सक्रिय कोरोना संक्रमित रहेका छन् ।
जसमध्ये बनेपा नगरपालिकाबाट १ जना महिला र ४ जना पुरुष, मण्डनदेउपुर नगरपालिकाबाट १ जना पुरुष, पाँचखाल नगरपालिकाबाट १ जना महिला र ४ जना पुरुष, धुलिखेल नगरपालिकाबाट १ जना पुरुष, तेमाल गाउँपालिकाबाट १ जना पुरुष, पनौती नगरपालिकाबाट १ जना महिला र नमोबुद्ध नगरपालिकाबाट १ जना पुरुष रहेको कार्यालयको जानकारी छ।
१५ जना सक्रिय संक्रमितमध्ये ५ जना अस्पताल आईसोलेसन र १० जना होम आईसोलेसनमा छन् ।

तपाईको प्रतिक्रिया