काभ्रे (बनेपा) – बनेपा नगरपालिका–८ बस्ने रामेछाप दोरम्बा गाउँपालिका–६ घर भएकी पुर्णकला भन्ने पुजा दमाई आईतबार सडकमा मृत अवस्थामा भेटिन् । उनको घटनाको अनुसन्धानको क्रममा प्रहरीले एक प्रतिवादीलाई पक्राउ गरेको छ ।

हत्यामा संलग्न रहेको अभियोगमा काभ्रे रोशी गाउँपालिका–४ घर भई भक्तपुर सूर्यविनायक नगरपालिका–८ सिपाडोल डेरा गरी बस्ने रोशन भन्ने २२ वर्षीय बिजय तामाङलाई प्रहरीले सोमबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रे र ईलाका प्रहरी कार्यालय बनेपाबाट खटिएको प्रहरी अनुसन्धान टोलीले घटनामा संलग्न उनलाई भक्तपुर सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित कोेठाबाट पक्राउ गरेको हो ।

पूजाले बिजयलाई चोरीको आरोप लगाएकोले रिसको झोकमा अत्याधिक मदिरा सेवन गरेकी पूजालाई कन्चट, छाती लगायत शरीरका विभिन्न संवेदनशिल अङ्गहरुमा प्रहार गरी बनेपा बसपार्कको सडक पेटीमा हत्या गरिएकोे प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरीले जनाएको छ ।

त्यस्तै, आइतबार, बनेपा नगरपालिका–८ स्थित बसपार्कमा पार्किङ गरी राखेको बा.२ ख २४२७ नम्बरको बसभित्र अन्दाजी ३५ वर्षीय महिला मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । कार्यालयका अनुसार घटनाको प्रकृती हेर्दा सडक बालबालिकाहरुको संलग्नतामा उक्त महिलाको हत्या गरिएको भन्ने खुल्न आएको छ ।

जिल्ला प्रहरी कार्यालयको ह्युमन इन्टिलिजेन्स र विविध प्राविधिक सूचनाको विश्लेषण गरी घटनानास्थलमा भएको सबुद समेत संकलन गरि विभिन्न स्थानबाट उक्त घटनामा संलग्न ३ जना किशोर र १ जना किशोरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

नियन्त्रणमा लिएका उनीहरुलाई प्रहरीले सोधपुछ गर्ने क्रममा उक्त महिलासँग शारिरीक सम्पर्क गर्ने कार्यमा विवाद हुँदा घटनामा आफूहरुको पहिचान खुल्ने डरले सबै जना मिलि उनको हत्या गरिएको जानकारी प्राप्त भएको छ ।
शवलाई पोष्टमार्टमको लागी धुलिखेल अस्पताल पठाइएको छ ।  उक्त घटनाको विषयमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी हरि खतिवडाले जानकारी दिए ।

 


तपाईको प्रतिक्रिया