काभ्रे (धुलिखेल) – जिल्लामा आज थप एक जना महिलामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । आज थपिएका संक्रमित पाँचखाल नगरपालिकाकी एक जना महिला रहेको कार्यालय प्रमुख डा.नरेन्द्र कुमार झाले जानकारी दिए ।

उनका अनुसार योसँगै काभ्रेमा कुल कोरोना संक्रमितको संख्या ३३ सय ९५  पुगेको छ । जिल्लामा अहिले १९ जना सक्रिय कोरोना संक्रमित रहेको कार्यालयको जानकारी छ ।

जसमध्ये बनेपा नगरपालिकाबाट १ जना महिला र ४ जना पुरुष, मण्डनदेउपुर नगरपालिकाबाट १ जना पुरुष, पाँचखाल नगरपालिकाबाट १ जना महिला र ८ जना पुरुष, धुलिखेल नगरपालिकाबाट १ जना पुरुष, तेमाल गाउँपालिकाबाट १ जना पुरुष, पनौती नगरपालिकाबाट १ जना महिला र नमोबुद्ध नगरपालिकाबाट १ जना पुरुष गरी १९जना सक्रिय कोरोना संक्रमित रहेका छन् ।

१९ जना सक्रिय संक्रमितमध्ये ९ जना होम आईसोलेसनमा र १० जना अस्पताल आईसोलेसनमा रहेको कार्यालय प्रमुख डा.झाले बताए ।


तपाईको प्रतिक्रिया