लुम्बिनी प्रदेश सरकारले आगामी जेठको ६ र ७ गते रुपन्देहीमा दुई दिने लगानी सम्मेलन गर्ने भएको छ । लगानी सम्मेलनका लागि आवश्यक तयारीको काम भइरहेको लुम्बिनी प्रदेश आर्थिक योजना मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका सचिव बाबुराम अधिकारीले लुम्बिनी प्रदेशभित्र लगानीका प्रशस्त सम्भावना रहेकाले यहाँ लगानी गरेर आयका साथै रोजगारी सिर्जना गर्न सकिन्छ भन्ने उद्देश्यले लगानी सम्मेलन गर्न लागिएको बताए। उनले लगानी सम्मेलनमा स्वदेशी र विदेशी लगानीकर्तालाई लुम्बिनी प्रदेशमा भएका अवसरको विषयमा जानकारी दिने र लगानीका लागि प्रेरित गर्ने उद्देश्य रहेको पनि जानकारी दिए ।

प्रदेश सरकारले गत वर्षको चैतमा आयोजना गर्ने भनेको लगानी सम्मेलन कोरोनाका कारण स्थगित गरेको थियो भने प्रदेश मन्त्रिपरिषद्को गत महिना सम्पन्न बैठकले रुपन्देहीमा लगानी सम्मेलन गर्ने निर्णय गरेको थियो । आजको गोरखापत्र दैनिकमा समाचार छ ।


तपाईको प्रतिक्रिया