कोलकत्ता नाइट राइडर्सले १४ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटका लागि ब्याट्सम्यान गुरकीरत सिंहलाई अनुबन्ध गरेको छ ।

कोलकत्ताले शनिबार ब्याट्सम्यान सिंहलाई अनुबन्ध गरेको जनाएको छ । ३० वर्षीय ब्याट्सम्यान सिंहलाई कोलकत्ताले रिन्कु सिंहको स्थानमा अनुबन्ध गरेको हो ।

चोटका कारण रिन्कु सिंहले यस सिजनको खेल गुमाउने भएका छन् । जसको कारण कोलकत्ताले गुरकीरतलाई टिममा भित्र्याएको हो । १४ औं संस्करणको प्रतियोगिता अप्रिल ९ बाट सुरु हुनेछ । प्रतियोगिताको फाइनल खेल मे ३० मा हुनेछ ।

चेन्नईमा हुने उद्घाटन खेलमा मुम्बई इन्डियन्स र रोयल च्यालेन्जर्स बैंगलोर भिड्ने छन् । आईपीएलका लागि अक्सन सम्पन्न भईसकेको छ । कोरोनाको महामारी बाबजुत १३ औं संस्करणको आईपीएल भने युएईमा आयोजना भएको थियो ।फाइनलमा दिल्लीलाई हराएर मुम्बईले उपाधि जितेको थियो । एजेन्सी


तपाईको प्रतिक्रिया