इटालियन सिरी ‘ए’ फुटबलमा शीर्ष स्थानको इन्टर मिलानले साँघुरो जित निकालेको छ । शनिबार राति भएको खेलमा इन्टरले बोलोग्नालाई १-० गोल अन्तरले पराजित गरेको हो ।

इन्टरको जितमा रोमेलु लुकाकुले निर्णायक गोल गरे । लुकाकुले खेलको ३१ औं मिनेटमा गोल गरेका थिए । यस जितसँगै इन्टरले २८ खेलमा ६८ अंक जोडेको छ ।

इन्टर दोस्रो स्थानको एसी मिलान भन्दा ८ अंकले अघि रहेको छ । बोलोग्ना ३४ अंक जोडेर ११ औं स्थानमा रहेको छ । एजेन्सी 


तपाईको प्रतिक्रिया