जर्मन बुन्डेसलिगा फुटबलमा साविक विजेता बायर्न म्युनिखले जित निकालेको छ । शनिबार राति भएको खेलमा बायर्नले आरबी लाइपजिगलाई १-० गोल अन्तरले पराजित गरेको हो ।

लाइपजिगको मैदानमा बायर्नलाई जित दिलाउन लियोन गोर्टेज्काले निर्णायक गोल गरे । खेलको ३८ औं मिनेटमा लियोनले निर्णायक गोल गरेका थिए ।

यस जितसँगै बायर्नले शीर्ष स्थानमा ७ अंकको अग्रता बनाएको छ । बायर्नले २७ खेलमा ६४ अंक जोडेको छ । दोस्रो स्थानमा रहेको लाइपजिगको ५७ अंक रहेको छ । एजेन्सी


तपाईको प्रतिक्रिया