काभ्रे (बनेपा) – काभ्रेमा निजी क्षेत्रको लगानीमा पहिलो मल्टिस्पेशलिस्ट ‘भोमी अस्पताल’ सञ्चालनमा आउने भएको छ । अस्पताल सञ्चालनका विषयमा चिकित्सक र व्यवस्थापन समूहसँग अस्पतालले आज छलफल कार्यक्रम गरेको छ । अगामी दिनमा के-कसरी अगाडी बढ्ने र भावी रणनितिको बारेमा छलफल गरिएको थियो ।

छलफलका क्रममा अस्पतालका चिकित्सक निर्देशक डा. मनोहर लाल श्रेष्ठले अस्पताल शुभारम्भका लागि शुभकामना दिँदै गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे । उनका अनुसार अस्तपालले गुणस्तरीय सेवा प्रदानको गर्नको लागि मल्टिडिसिप्लिनरी टिमको आवश्यक पर्छ । यस अस्तपालले पनि मल्टिडिसिप्लिनरी टिम र सामूहिक अभ्यासमार्फत सेवा प्रदान गर्ने तयारी गरेको योजना उनले सुनाए । व्यवस्थापन समूहसँगको छलफल कार्यक्रममा अस्पतालका प्रबन्धक निर्देशक सगुन कायष्थले चिकित्सकहरुसँग समन्वय गरेर अस्पताललाई व्यवस्थित बनाउने प्रतिबद्धता व्यक्त गरे ।

काभ्रेमा यस्तै किसिमका अन्य अस्पतालहरु सञ्चालनमा भएतापनि निजी क्षेत्रको लगानीमा भने यस भोमी अस्पताल जिल्लाकै पहिलो मल्टिस्पेशलिस्ट अस्पताल रहेको अस्पतालका प्रबन्धक निर्देशक कायष्थले जानकारी दिए । उनका अनुसार उपचारकै लागि अब यहाँका स्थानीयलाई काठमाडौँसम्म धाउन पर्दैन । बनेपामै मल्टिस्पेशलिस्ट अस्पताल सुचारु भएपछि यहाँका सर्वसाधरणलाई उपचारमा सहजता हुने प्रबन्धक निर्देशक कायष्थले बताए । ‘कतिपय बिरामीको थप उचारका लागि काठमाडौँ पु¥याउने क्रममा बाटोमै मृत्यु भएको थुप्रै घटनाहरु छन्,’ उनले भने, ‘यस्तो घटना न्यूनिकरणका लागि र यहाँका स्थानीयलाई उपचारमा थप सहजता प्रदान गर्न यहाँ अस्पताल सञ्चालन गर्न लागिएको हो ।’

निर्माणाधीन अवस्थामा रहेको उक्त अस्पताल छिट्टै सञ्चालनमा आउने उनले बताए । उनका अनुसार अस्पताल सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको छ । अहिले २५ शैँयाबाट अस्पतालको सुरु गरिने बताउँदै उनले भने, ‘५ वर्षभित्र १ सय शैँयासम्म पु¥याउने हामीले योजना बनाएका छौँ । हामी त्यहीँ अनुसार पूर्वाधारका कामहरु गरिरहेका छौँ ।’ छिट्टै सञ्चालनमा आउन लागेको उक्त अस्पतालमा २ वटा अप्रेसन थिएटर, १० वटा आइसियु बेड, १० वटा बेडको जेनरल वार्ड, दक्ष जनशक्तिबाट उपचार गराइने, जटिल खालका बिरामीलाई थप उपचारका लागि काठमाडौँ पठाउनु परेमा हेलिकप्टरको समेत व्यवस्था गरिने लगायत विभिन्न सेवा सुविधा उपलब्ध गराइने अस्पतलले जनाएको छ ।

 


तपाईको प्रतिक्रिया