काभ्रे (पनौती) – जिल्लाको पनौती नगरपालिकाले ४ महिनादेखि रोकिएको शिकक्षको तलब निकासा गरेको छ । समुदायिक विद्यालयमा कार्यरत शिक्षक कर्मचारी तथा बाल विकास केन्द्रमा कार्यरत शिक्षकहरुको मंसिरदेखी फागुन महिनासम्मकोे तलव भत्ता निकासा गरिएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले मासिक तलब दिने गरेकोमा पछिल्लो पटक दरबन्दी मिलानमा देखिएको समस्याका कारण शिक्षको तलब रोकिएको थियो । नगरभित्रका ३६ वटा विद्यालयको बैंक खातामा शिक्षको तलब पठाइएको शिक्षा शाखाका स्रोत व्यक्ति महेश्वर जंगमले जानकारी दिए । उनका अनुसार लामो समय शिक्षकको तलब रोकिँदा शिक्षकहरु मारमा परेका थिए ।


तपाईको प्रतिक्रिया