काभ्रे (धुलिखेल) – जिल्लामा आज एक जना संक्रमितको उपचारपछि संक्रमणमुक्त भएको जिल्ला स्वास्थ्य कार्यालयले काभ्रेले जनाएको छ ।

काभ्रेमा एक जना संक्रमणमुक्त भएसँगै अहिले १६ जना मात्र सक्रिय कोरोना संक्रमित रहेको कार्यालयका प्रमुख डा.नरेन्द्र कुमार झाले जानकारी दिए । उनका अनुसार १६ जना सक्रिय कोरोना संक्रमितमध्ये ९ जना अस्पताल आईसोलेसनमा र ७ जना होम आईसोलेसनमा रहेका छन् ।

जसमध्ये बनेपा नगरपालिकाबाट १ जना महिला र ३ जना पुरुष, मण्डनदेउपुर नगरपालिकाबाट १ जना पुरुष, पाँचखाल नगरपालिकाबाट ८ जना पुरुष, धुलिखेल नगरपालिकाबाट १ जना पुरुष, तेमाल गाउँपालिकाबाट १ जना पुरुष र पनौती नगरपालिकाबाट १ जना महिला गरी अहिले १६ जना सक्रिय संक्रमित रहेको कार्यालयको जानकारी छ ।


तपाईको प्रतिक्रिया