काभ्रे (धुलिखेल) – जिल्लाको धुलिखेलमा नयाँ होटल सञ्चालनमा आएको छ । लामो समयदेखि पर्यटन व्यवसायमा लागेका व्यवसायी मिलेर ‘हिमालय दृश्य’ होटल सञ्चालनमा ल्याएका हुन् ।

होटलबाट अन्नपूर्ण, गणेश, लाङटाङ, गौरीशंकर र फुरीबिच्याचु हिमाल देख्न सकिने भएकाले होटलको नाम ‘हिमालय दृश्य’ राखिएकाे व्यवसायीले जानकारी दिए ।

यो होटल निर्माण हुन तीन वर्ष लागेको उनले बताए। होटल १८ रोपनी क्षेत्रफलमा फैलिएको छ । होटलमा ४३ वटा कोठा छन्। जसमा २ वटा स्वीट रूम छ। स्वीमिङपुल, सोना स्टिम, स्पा, ब्यांक्वेट हल, मिटिङरुम, बगैंचा जस्ता सुविधा होटलमा उपलब्ध छन् ।

विमानस्थलमा रहेका ग्राहकलाई होटलसम्म ल्याउने र एयरपोर्ट लैजाने व्यवस्था छ । होटलमा बस्ने कोठा र बिहानको खाजा गरेर ५ हजारदेखि रूम पाइन्छ। धुलिखेलमा होटल खुल्दा यहाँका स्थानीयलाई रोजगारीको अवसर पनि सिर्जना हुने छ ।


तपाईको प्रतिक्रिया