काभ्रे (पाँचखाल) – जिल्ला स्थित पाँचखाल नगरपालिका वडा नम्बर ५ मा संंढी निमार्णको कार्य भईरहेको छ । वडाको धार्मीक तथा पर्यटकीय स्थल कोट देवी मन्दीरको प्राङ्गण सम्म जाने बाटोमा १५ सय सिंंढी निमार्ण गर्न लागीएको वडा अध्यक्ष बाल कृष्ण सापकोटाले जानकारी दिए ।

उनका अनुसार उक्त क्षेत्र पर्यटन प्रवद्र्धन गर्ने उदेश्यले भ्युटावर पनी निमार्णको क्रममा रहेको छ । सिंढी निमार्णको कार्य गत वर्ष बाटै सुरु भएको वडा अध्यक्ष सापकोटाको भनाई छ । गत वर्ष तिन सय बनाईसकिएको छ । १५ सय सिंढी निमार्णका लागी ५० लाखमा टेन्डर मार्फत काम धमाधम भईरहेको वडा अध्यक्ष सापकोटाले बताए ।


तपाईको प्रतिक्रिया