ललितपुर – नेपाल बक्सिङ संघको तत्वधान तथा बाग्मती प्रदेश खेलकुद विकास परिषदको आयोजना मा ५ दिने बक्सिङ्ग प्रशिक्षक तालिम सम्पन्न भएको छ ।

बागमति प्रदेशका १३ जिल्लाका प्रशिक्षकले प्रशिक्षण लिएका थिए । सहभागिलाई नेपालका प्रमुख प्रशिक्षक प्रकाश थापामगर, भारतको पटियालाबाट एनआईएस तालिममा महिलातर्फ उत्कृष्ठ नतिजा ल्याउन सफल प्रियंका बर्मा, ओलम्पियन तथा बक्सिङ्ग प्रशिक्षक डम्बर दत्त भट्ट, आईबा २ स्टार कोच लालबहादुर पौडेल, आईबा ३ स्टार कोच दिपक महर्जन, तथा योग प्रशिक्षक तथा मास्टर ईन स्पोर्टस साईन्सका विद्यार्थी पुष्करराज पन्तले उक्त प्रशिक्षण सञ्चालन गरेका थिए ।

समापनका अवसरमा पनौती नगरपालिकाका प्रमुख भिम न्यौपाने, बाग्मती प्रदेश खेलकुद परिषदका सदस्य सचिव सुर्यलाल भण्डारी,नेपाल बक्सिङ संघका अध्यक्ष राम अवाले, बरिष्ठ उपाध्यक्ष अर्जुन बहादुर के।सी।,बक्सिङ संघका केन्द्रीय सदस्य मान बहादुर भण्डारी, ब्क्ष्द्यब् स्टार रेफ्री रामचन्द्र थापामगर, बागमती प्रदेश खेलकुद विकास परिषदका बोर्ड सदस्य तथा ब्क्ष्द्यब् स्टार रेफ्री धनकुमार मैनाली, काभ्रे जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मनवीर लामा लगाएतले राष्ट्रिय प्रशिक्षकको तालिममा उत्रिण हुने ६० जना प्रशिक्षकलाई प्रमाण पत्र वितरण गरेका थिए ।

सो अवसरमा बाग्मती प्रदेश खेलकुद परिषदका सदस्य सचिव सुर्यलाल भण्डारीले काभ्रे जिल्लाका लागि बक्सिङ खेल सामाग्री हस्तान्तरण गरेका थिए । फाल्गुन २६ गते देखि शुरु भएको बाग्मति प्रदेश स्तरिय राष्ट्रिय बक्सिङ्ग प्रशिक्षणमा ६० जना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी र प्रशिक्षकको सहभागिता रहेको थियो ।


तपाईको प्रतिक्रिया